२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मोनाको र नेन्ट्सबीच बराबरी

कान्तिपुर संवाददाता

काठमाडौँ — मोनाको र नेन्ट्सले शुक्रबार फ्रान्सेली लिग वानको पहिलो खेलमा १–१ को बराबरी खेलेका छन् । नयाँ सिजनको उद्घाटन खेलमा मोनाकाले जेलिसन मार्टिन्सको गोलले १४ औं मिनेटमा अग्रता लिएको थियो ।

मोनाको र नेन्ट्सबीच बराबरी

तर जिन चार्ल्सले ४२ औं मिनेटमा नेन्ट्सका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा कुनै गोल हुन सकेन र दुवै टिमले एक-एक अंकमा चित्त बुझाए ।

गत सिजन लिगको तेस्रो स्थानमा रहेको मोनाकोले यसपल्ट केही नयाँ अनुबन्ध गरेको छ र सन् २०१७ यता पहिलो लिग उपाधि जित्ने प्रयासमा रहेको छ । तर उद्घाटन खेलमा बराबरी उसका लागि सुरुवाती धक्का बनेको छ ।

प्रकाशित : श्रावण २३, २०७८ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?