कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाविरुद्धको एकदिवसीय शृंखला भारतलाई

काठमाडौँ — भारतले श्रीलंकालाई मंगलबार तीन विकेटले पराजित गर्दै तीन एकदिवसीय शृंखला जितेको छ । पहिलो र दोस्रो खेल जितेपछि शृंखला भारतको पक्षमा गएको हो ।

श्रीलंकाविरुद्धको एकदिवसीय शृंखला भारतलाई

दोस्रो खेलमा दीपक चाहर भारतका लागि ब्याटिङ र बलिङ दुवैबाट नायक सावित भए । पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा नौ विकेट गुमाएर २ सय ७५ रन बनायो । त्यसमा चरिथ एसलन्काले सर्वाधिक ६५ रन बनाए ।

जवाफमा हारतर्फ अग्रसर देखिएको भारतका लागि चाहरले ८२ बलमा नटआउट रहेर ६९ रन बनाए र टिमले ४९.१ ओभरमा सात विकेट गुमाएर २ सय ७७ रन बनायो । बलिङतर्फ चाहरले ८ ओभरमा ५३ रन खर्चिँदै २ विकेट लिएका थिए ।

अब तेस्रो खेल शुक्रबार हुनेछ ।

प्रकाशित : श्रावण ६, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?