कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्विप

एएफपी

बर्मिङ्घम — कप्तान बाबर आजामले लयमा फर्कंदै कीर्तिमानी १ सय ५८ रन बनाए पनि इंग्ल्यान्डले पाकिस्तानलाई तेस्रो खेलमा मंगलबार पराजित गरेर वान डे सिरिज क्लिन स्विप गरेको छ ।

पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्विप

वान डे क्रिकेटमा आजमको यो व्यक्तिगत उच्च स्कोर हो । उनी यससँगै कम समयमा १४ शतक बनाउन सफल ब्याट्सम्यान पनि बने । बाबरले मोहम्मद रिजवानसँग मिलेर १ सय ७९ रनको कीर्तिमानी साझेदारी गर्दा टिमले पहिले ब्याटिङ गर्दै ९ विकेटमा ३ सय ३१ रन बनायो ।

जवाफमा जेम्स भिन्सले बनाएको पहिलो शतकको मद्दतमा इंग्ल्यान्डले तीन विकेटको जित निकाल्यो । ह्याम्पसायरका ३० वर्षीय कप्तान भिन्सले १ सय २ रन बनाए जुन क्रिकेटको तीनै ढाँचामा आफ्नो देशका लागि पहिलो शतक हो ।

प्रकाशित : असार ३०, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?