कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कोपा अमेरिका : पेरुलाई हराएर कोलम्बिया तेस्रो

एजेन्सी

रियो डि जेनेरियो — लुइस डियाजले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरेको निर्णायक गोलमा कोलम्बियाले कोपा अमेरिकामा पेरुलाई ३–२ ले हराएर तेस्रो स्थान हात पारेको छ ।

कोपा अमेरिका : पेरुलाई हराएर कोलम्बिया तेस्रो

कोलम्बियाले एक गोलले पछाडि रहेको स्थितिमा यो जित निकालेको हो । खेल टाइब्रेकरतर्फ अग्रसर भएको बेला डियाजले लामो दूरीबाट उत्कृष्ट गोल गरेका हुन् ।

यासिमर युलुनको गोलले पहिलो हाफको इन्ज्युरी समयमा पेरुले सुरुवाति अग्रता लिएको थियो । त्यसपछि कोलम्बियाका तर्फबाट जुवान क्वाडराडो र डियाजले नै एक-एक गोल गरे । जियान लुका लापाडुलाले ८३ औं मिनेटमा पेरुका लागि गोल गर्दै खेल फेरि बराबरीको स्थितिमा ल्याए ।

निरश पहिलो हाफपछि दोस्रो हाफमा सनसनीपूर्ण खेल भएको थियो र यसक्रममा चार गोल भएको हो । कोपा अमेरिकामा सन् १९८७ देखि तेस्रो स्थानका लागि खेल हुने परम्परा सुरु भएको थियो र त्य अनुसार कोलम्बियाले तेस्रो स्थान हात पारेको यो पाँचौं पल्ट हो । अब आइतबार बिहान ब्राजिल र अर्जेन्टिनाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : असार २६, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?