२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रभाव ग्वार्डिओला शैलीको

रोरी स्मिथ

लन्डन — कास्पर हिजुलमन्डको पहिलो फुटबल व्यवस्थापकीय जिम्मेवारीको त्यसरी अन्त्य भएन, जसरी उनले सोचेका थिए । सन् २००८ को सिजनको अन्त्यमा उनले १० वर्ष जति जिम्मेवारी सम्हालेको लियन्गबाइ रेलिगेसनमा पर्‍यो ।

प्रभाव ग्वार्डिओला शैलीको

सम्भवतः अरू कसैको भएको भए उनको प्रशिक्षक जीवन समाप्त भइसक्ने थियो । तर उनको प्रशिक्षण गर्ने जुन सोच र शैली छ, त्यसबाट एफसी नोरड्सजल्यान्ड अप्रभावित रहन सकेन ।

लियन्गबाइभन्दा ठूलो क्लब हो, नोरड्सजल्यान्ड । यस क्लबका अध्यक्ष जान लार्सन भन्छन्, ‘लियन्गबाइ पक्कै रेलिगेसनमा परेको थियो, तर टिमले त्यतिबेला योहान क्राएफको झल्को दिने शैलीमा खेलेको थियो । हाम्रो क्लबले पनि त्यसरी नै खेल्न चाहेको थियो । त्यसैले हामीले उनलाई आफ्नो टिमको सहायक प्रशिक्षक बनायौं ।’ लार्सनकै भनाइ मान्न हो भने हिजुलमन्डका दुई आदर्श प्रशिक्षक थिए । त्यसमा एक त क्राएफ भइहाले ।

त्यसपछि पेप ग्वार्डिओला । यिनी क्राएफकै चेला त हुन् । लार्सन थप्छन्, ‘फुटबल कसरी खेल्नुपर्छ, यसबारे प्रस्ट र सिधा सोच छ हिजुलमन्डको । यसमा उनी कुनै प्रकारले तल–माथि हुन दिँदैनन् । अहिले डेनमार्कले जसरी युरो २०२० मा खेलिरहेको छ, त्यसमा त्यसकै झल्को पाइन्छ । यो एक प्रकारले ग्वार्डिओलाकै सोच हो । उनले यो बार्सिलोनामा सिके, बायर्न म्युनिकमा सटिक प्रयोग गरे र अहिले म्यानचेस्टर सिटीका लागि गरिरहेका छन् ।’ हिजुलमन्डले भने त्यसलाई डेनमार्कको आफ्नै पारामा ढालेका छन् । सेमिफाइनल पुगेका चार टिममध्ये डेनमार्क मात्र ग्वार्डिओलाबाट प्रभावित टिम होइन, खासमा चारै टिम प्रभावित छन् । त्यसो भनेको स्पेन, इटाली र इंग्ल्यान्ड पनि । तर, यी टिममध्ये सबैभन्दा बढी प्रभाव स्वाभाविक रूपमै इंग्लिस टिममा छ । सबैभन्दा पहिला त ग्वार्डिओलाले जोन स्टोन्सलाई एक ठोस डिफेन्डर बन्न मदत गरे । उनले केयल वाल्करलाई पनि ठीक बाटोमा ल्याएका छन् । अहिले वाल्कर पूरापूर फुलब्याक भएका छन् ।

सिटीका सबैभन्दा प्रभावशाली युवा खेलाडी फिल फोडेन पनि १६ वर्षको उमेरदेखि ग्वार्डिओलाको टिमका विंगर छन् । अहिलेको इंग्लिस टिममा प्रशिक्षक गारेथ साउथगेटले सबैभन्दा बढी विश्वास गर्ने रहिम स्टर्लिङ ग्वार्डिओलाकै रेखदेखमा एक पूर्ण खेलाडी बनिरहेका छन् । यी सबै तिनै खेलाडी हुन्, जसले इंग्ल्यान्डलाई धेरै लामो समयपछि कुनै ठूलो सफलता दिलाउन सक्छ । ग्वार्डिओला आएयता इंग्लिस प्रिमियर लिग आफैंमा परिवर्तनबाट गुज्रेको छ । लिगमा अचेल फरक फुटबल संस्कृति देख्न पाइन्छ ।

इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा भिड्दा ग्वार्डिओलाको मिश्रित प्रभाव यस खेलमा स्पष्ट देख्न पाइनेछ । इंग्लिस फुटबलबारे चर्चा गर्दा प्रायः स्वर्णित पुस्ताको कुरा निस्कने गर्छ । जसका प्रमुख सदस्य थिए, स्टेफेन जेरार्डदेखि फ्रान्क लाम्पार्ड अनि रियो फर्डिनान्डदेखि जोन टेरी या डेविड बेकह्यामदेखि वायन रोनीसम्म । यिनै खेलाडीले भरिएको इंग्लिस टिमको प्रदर्शन धेरै हदसम्म निराशाजनक रह्यो । उनीहरूको उपस्थितिमा इंग्लिस प्रिमियर लिग निकै सफल र लोकप्रिय त रह्यो तर इंग्ल्यान्ड आफै अन्तर्राष्ट्रिय फुटबलमा भने असफल रह्यो ।

अहिले आएर के विश्लेषण गर्न सुरु भएको छ भने त्यो टिममा निकै राम्रा खेलाडीको कुनै कमी थिएन । तर टिममा अनुशासन थिएन कि ? यी खेलाडीले आफ्नो देशका लागि जति सोचिएको थियो, त्यति योगदान दिन सकेनन् कि ? अहिले साउथगेटको इंग्लिस टिमसँग त्यसको तुलना गर्दा यो कठिन हुन्छ । वर्तमान टिममा त्यति ठूला स्टार खेलाडी छैनन् । एउटा अर्को फरक पनि छ, अहिलेको इंग्लिस टिमले युरोअगाडि नै दुई ठूला प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरिसकेको छ ।

ती रहे, विश्वकप र यूईएफए नेसन्स लिग । यो टिममा प्रभावशाली प्रतिभा नभएको भए यो पक्कै पनि सम्भव हुने थिएन । सन् १९९० तिर इंग्ल्यान्डले एकसेएक खेलाडी त निस्के तर त्यसको प्रभावशाली प्रयोग भएन । अहिलेको इंग्लिस टिमलाई परिस्कृत गर्न ग्वार्डिओलोको सिधा–सिधा वा पछाडि–पछाडिबाट धेरै योगदान छ । बरू यहाँनिर केही अन्य नाम जोड्न सकिन्छ । जस्तो, अर्जेन्टिनाका माउरिसियो पोचेटिनो, जर्मनीका योर्गन क्लोप र अर्जेन्टिनाकै मार्सेलो बिएस्ला । (न्युयोर्क टाइम्स)

प्रकाशित : असार २३, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?