कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

एजेन्सी

रियो डे जेनेरियो — डिफेन्डिङ च्याम्पियन तथा आयोजक ब्राजिल मंगलबार कोपा अमेरिका–२०२१ को फाइनल पुगेको छ । उसले सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गरेको हो । 

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

खेलको एक मात्र गोल लुकास पाक्वेलाले ३५ औं मिनेटमा गरे । नेयमारले सिर्जना गरेको अवसरमा पाक्वेलाले निर्णायक गोल गरेका हुन् । पेरुले दोस्रो हाफमा ब्राजिलसामु कडा चुनौती पेस गरे पनि गोल फर्काउन भने सकेन ।


अर्को सेमिफाइनलमा बुधबार अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् । त्यसको विजेताले उपाधि–भिडन्तमा ब्राजिलको सामना गर्नेछ ।

प्रकाशित : असार २२, २०७८ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?