कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सकियो लोको जर्मन अध्याय

द इन्डिपेन्डेन्ट

लन्डन — जोचिम लोले १५ वर्ष जर्मन फुटबल सम्हाले । युरो २०२० मा इंग्ल्यान्डसँग पराजित भएपछि मंगलबार राति यो अध्याय सकियो । तर जर्मन फुटबलका प्रमुख प्रशिक्षक सकारात्मक धारणा बनाएर टिम छाडिरहेका छन् । यस वर्षको सुरुमा उनले युरोपछि जर्मन टिम छाड्ने घोषणा गरिसकेका थिए । उनको उद्देश्य वेम्बलीमा हुने फाइनल थियो । तर यही मैदानमा उनको समय क्वाटरफाइनल अगाडि नै सकियो ।

सकियो लोको जर्मन अध्याय

जर्मनी सन् १९६६ को विश्वकपयता पहिलो पल्ट कुनै ठूलो प्रतियोगिताको नकआउट चरणमा इंग्ल्यान्डसँग पराजित भएको नै यो पहिलो पल्ट हो । एक प्रकारले यो दुखद अन्त्य रह्यो । २०१४ को विश्वकप जित्नु उनको कार्यकालको सबैभन्दा ठूलो अवसर रह्यो । अहिलेको हारमा उनले चोट महसुस गरेका छन्, तर जर्मन टिममा आफ्नो समयलाई उनी सफल नै मान्छन् ।

उनी भन्छन्, ‘पछिल्लो १५ वर्षमा सकारात्मक भन्न मिल्ने धेरैथोक भए । २००६ को विश्वकप हामीले घरमै खेल्यौं । म सहायक प्रशिक्षक थिएँ । त्यसपछि त म लगातार टिममै रहें र २०१४ मा विश्वकप पनि जित । त्यसपछि २०१७ को कनफेडेरेसनकप पनि हात पर्‍यो । त्यति बेला निकै युवा जर्मन टिम थियो । यसबीचमा म टिम र खेलाडीसँग भावनात्मक रूपमा निकै नजिक रहें ।’

सन् २०१८ पछि भने जर्मन टिममा समस्या देखिन थालेको थियो र लो मान्छन्, यो पक्कै सजिलो समय थिएन् । उनले थपेका छन्, ‘म प्रायः धेरै सुखद जितहरू सम्झने गर्छुं, तर यसको अर्थ मैले हारहरू बिर्सेको पनि छैन् । मैले धेरै पाठ सिकेको छुं । अहिले म निराश नै छुं । यो निराशा केही समय रहने छ । यो यस्तो पीडा हो, जसलाई तत्काल बिर्सन सकिन्न । यसका लागि पर्याप्त समय चाहिन्छ ।’

उनको तर्क छ, यी सबै पृष्ठभूमिकाबीच पनि पछिल्लो १५ वर्षमा जर्मन राष्ट्रिय फुटबल टिमलाई लिएर खुसी हुने ठाउँ धेरै छन् । त्यसैले उनी त्यो अवधिमा उनलाई साथ दिने ती सबै खेलाडीलाई धन्यवाद दिन पनि चाहन्छन् । अझ ती खेलाडीलाई उनले बढी सम्झे, जो अहिलेको टिममा छैनन् । अब जर्मनी पर्केयता के गर्छन् त उनी ? यसबारे भने उनले ठ्याक्कै केही पनि सोचेका छैनन् ।

लो भन्छन्, ‘अहिले तत्काल केही निर्णय गर्न सक्ने अवस्था पनि छैन् । जति बेला मैले युरो २०२० नै मेरो लागि अन्तिम प्रतियोगिता हुने निर्णय गरेको थिएँ, त्यति बेला पनि धेरै सोचेको थिएँ । अबको केही दिनमा भविष्यबारे मैले सोच्न सुरु गर्नेछुं । केही दिनको आरामपछि म फेरि फुर्तिलो हुनेछुं । तर अहिले तत्कालका लागि मसँग साँच्चै केही पनि योजना रहेको छैन् ।’

खासमा उनी भावनात्मक विश्राम चाहन्छन्, सामान्य जीवनमा फर्कन चाहन्छन् । सबैबाट केही टाढा रहन चाहन्छन् । त्यसपछि मात्र के गर्ने हो, त्यसबारे लो सोच्न चाहन्छन् । त्यो पनि फेरि उनलाई रूचिका हुनु पर्नेछ । वेम्बलीमा भएको अन्तिम १६ को खेलमा टिमो वार्नरले सुरुमै गोल गरेको भए, अथवा थोमस मुलरको प्रहारले पोस्टका दिशा लिएको भए, अहिले यी सबै कथा र सम्भावनाहरू बुन्नु पर्ने थिएन् ।

त्यसैले त उनी बढी निराश छन् र भन्छन्, ‘म मात्र होइन्, पूरा टिम निराश छ, खेलाडीदेखि मेरो सबै सहयोगी सहकर्मी । हामीले अहिलेको जर्मन टिममा धेरै लगानी गरेका छौं र टिमले राम्रो पनि गरिरहेको थियो । टिम भावना बढेको थियो, तर यसलाई नै हामीले ठीकसँग मैदानमा पस्कन सकेनौं । हामीलाई गोलका दुई स्पष्ट अवसर प्राप्त भएका थिए, दुवैका हामी चुक्यौं । यति ठूलो अवसरमा यस्ता अवसर विरलै आउने थिए ।’

उनले इंग्लिस टिमका प्रशंसा गर्न पनि बिर्सेनन् र भने, ‘इंग्लिस टिमले प्राप्त पहिलो अवसरमै गोल गरे । हामीले यस्तो गर्न सकेनौं । त्यसैले स्थिति हाम्रो प्रतिकुल बन्यो । मुलरले खेलमा टिमलाई फर्काउने अवसर पनि पाएका थिए । लगतै इंग्ल्यान्डले फेरि अर्को गोल गर्‍यो । अन्त्यतिर हामीले सक्दो प्रयास गरेका पनि थियौं, तर यो पनि पर्याप्त रहेन् ।’ त्यसैले त लोको जर्मन फुटबल अध्याय केही चाँडै सकियो ।

प्रकाशित : असार १७, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?