कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबैभन्दा बढी गोलको कीर्तिमानमा रोनाल्डोले गरे अली देईको बराबरी

इरानका अली देई र रोनाल्डोको समान १०९ गोल
एजेन्सी

पेरिस — क्रिस्टियानो रोनाल्डोले बिहीबार अर्को कोसेढुंगा छोएका छन् । उनले पेनाल्टीबाट गरेको दुई गोलमा पोर्चुगलले फ्रान्सलाई युरो २०२० मा २–२ को बराबरीमा रोक्यो ।

सबैभन्दा बढी गोलको कीर्तिमानमा रोनाल्डोले गरे अली देईको बराबरी

यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुगेको छ । इरानका अली देईले पनि इरानका लागि सन् १९९३ देखि २००६ खेलेर १ सय ९ गोल गरेका छन् । रोनाल्डो र दाइ नै ९० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने दुई मात्र पुरुष खेलाडी हुन् ।

त्यस्तै रोनाल्डो युरो कपको समूह चरणका तीनवटै खेलमा गोल गर्ने पहिलो पोर्चुगिज खेलाडी पनि बनेका छन् । रोनाल्डोले युरो २०२० को पहिलो खेलमा हंगेरीविरुद्ध २ र जर्मनीविरुद्ध १ गोल गरेका थिए । पोर्चुगलले हंगेरीलाई ३-० ले हराएको थियो भने जर्मनीसँग ४-२ ले हारेको थियो ।

यस कीर्तिमानको बराबरीपछि ३६ वर्षीय रोनाल्डो विश्व फुटबलकै सर्वकालीन महान खेलाडीको हैसियतका लागि अझ बलियो प्रत्यासी बनेका छन् । उनी युरो र युरोपेली च्याम्पियन्स लिग दुवैमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

प्रकाशित : असार १०, २०७८ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?