कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हंगेरीले फ्रान्सलाई बराबरीमा रोक्यो

एजेन्सी

बुडापेस्ट — हंगेरीले विश्व च्याम्पिन फ्रान्सलाई शनिबार युरो २०२० मा १–१ को बराबरीमा रोकेको छ । समूह ‘एफ’ को खेलमा हंगेरीले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । तर एक अंक बटुल्न भने सफल रह्यो र ‘ग्रुप अफ डेथ’ समूहबाट नकआउट पुग्ने सम्भावना कायम राख्यो ।

हंगेरीले फ्रान्सलाई बराबरीमा रोक्यो

फ्रेन्क पुस्कास रंगशालामा ६७ हजार दर्शक अगाडि भएको खेलमा हंगेरीले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । एटिला फिओलाले सुन्दर गोल गरेका हुन् । फ्रान्सले ६६ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । एन्टोन ग्रिजमनले नजिकको दूरीबाट शक्तिशाली प्रहारमा गोल गरे ।

यो नतिजापछि फ्रान्सको दुई खेलबाट चार अंक भएको छ । फ्रान्सले आफ्नो पहिलो खेलमा जर्मनीलाई हराएको थियो । हंगेरी भने डिफेन्डिङ च्याम्पियन पोर्चुगलको हातबाट पराजित भएको थियो । पोर्चुगलको ३ अंक रहेको छ भने जर्मनी बिना कुनै अंक अन्तिम स्थानमा रहेको छ ।

प्रकाशित : असार ५, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?