कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्ड र स्कटल्यान्डबीच गोलरहित बराबरी

एजेन्सी

लन्डन — इंग्ल्यान्डले शुक्रबार युरो-२०२० को अन्तिम १६ मा प्रवेश गर्ने अवसर गुमाएको छ । स्कटल्यान्डले इंग्ल्यान्डलाई गोलरहित बराबरी खेलेपछि उसको पनि अर्को चरण प्रवेशको सम्भावना कायम छ ।

इंग्ल्यान्ड र स्कटल्यान्डबीच गोलरहित बराबरी

यो खेल जितेको भए इंग्ल्यान्ड समूह ‘डी’ बाट नकआउट चरण पुग्ने निश्चित हुने थियो । तर स्कटल्यान्डले तेर्साएको कडा रक्षात्मक रणनीति अगाडि इंग्ल्यान्डले पर्याप्त आक्रमण पनि बुन्न सकेन् ।

अब इंग्ल्यान्डले चेक गणतन्त्रविरुद्ध समूह चरणको अन्तिम खेलमा हार टार्ने हो भने पनि अर्को चरणका लागि छनोट हुनेछ । सन् १९९८ को विश्वकपयता पहिलो ठूलो प्रतियोगिता खेलिरहेको स्कटल्यान्डले भने आफ्नो सम्भावनाका लागि अन्तिम खेलमा क्रोएसियालाई हराउनु पर्नेछ ।

प्रकाशित : असार ५, २०७८ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?