कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोपा अमेरिका : ब्राजिलले पेरुलाई ४-० ले हरायो

एजेन्सी

रियो डे जेनेरियो — दोस्रो हाफमा तीन गोल गरेपछि ब्राजिलले कोपा अमेरिकाको शुक्रबार समूह बी को खेलमा पेरुलाई सजिलै ४–० ले हराएको छ । ब्राजिलको यो प्रतियोगितामा लगातार दोस्रो जित हो र टिम ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।

कोपा अमेरिका : ब्राजिलले पेरुलाई ४-० ले हरायो

ब्राजिलका लागि एलेक्स सान्ड्रोले १२ औं मिनेटमा पहिलो गोल गरे । नेयमारले ६८ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल भने एरभटन रिबेरोको नाममा रह्यो र उनले खेल सकिन एक मिनेट अगाडि गोल गरे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा रिचार्लिसनले चौथो गोल पनि गरे । यसअघि यसै समूहको अर्को खेलमा कोलम्बियाले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो । कुल पाँच टिम सम्मिलित समूहमा कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित : असार ४, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?