कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरो २०२० : वेल्स नकआउट चरणतर्फ

एजेन्सी

बाकु — वेल्सले बुधबार टर्कीलाई २–० ले पराजित गरी युरो २०२० को नकआउट चरणतर्फ अगाडि बढेको छ । अजरबैजानको बाकुमा पाएको यस नतिजापछि बलियो मानिएको टर्की समूह चरणबाटै बाहिरिएको छ । टर्कीको यो लगातार दोस्रो हार हो ।

युरो २०२० : वेल्स नकआउट चरणतर्फ

स्विट्जरल्यान्डसँग पहिलो खेलमा १–१ को बराबरीमा रोकिएको वेल्सको समूह ‘ए’ मा चार अंक रहेको छ । वेल्सले अन्तिम खेल इटालीसँग रोममा खेल्ने छ । टर्कीले अन्तिम खेल स्विट्जरल्यान्डसँग खेल्दा टोलीलाई नतिजाले अर्को चरणमा पुग्न कुनै अर्थ राख्ने छैन । त्यो खेल खाली टर्कीका लागि सम्मानको मात्र हुनेछ ।

तस्बिर : रोयटर्स

३० हजारभन्दा बढी दर्शकसामु भएको खेलमा वेल्सका कप्तान ग्यारेथ बेल केन्द्रविन्दुमा रहे । एरोन राम्सीले पहिलो हाफमा दुई राम्रो अवसर चुकाए पनि वेल्सले टर्कीमाथि दबाब बनाइरहेको थियो । बेलकै उत्कृष्ट लामो पासमा राम्सीले टर्कीका रक्षकलाई जिल्याउदै ४२ औं मिनेटमा सुन्दर फिनिसिङमा गोल गरी वेल्सको खाता खोलेका थिए । ६२ औं मिनेटमा वेल्सले पाएको पेनाल्टीलाई बेलले पोष्टमाथि हान्न पुगे । बेलले वेल्सका लागि पछिल्ला १३ खेलमा गोल गर्न सकेका छैनन् ।

खेलको अन्तिम समयमा टर्कीले बराबरी गर्ने राम्रो अवसर पाए पनि वेल्सका गोलरक्षक डानी वार्डले त्यसलाई असफल तुल्याई दिए । वार्डले अन्तिम मिनेट तिर मेरिह डेमिरलको हेड प्रहारलाई उत्कृष्ट ढंगले बचाएका थिए । इन्जुरी टाइमको पाँचौं मिनेटमा बेलकै पासमा रक्षक कोनर रोबर्टसले गोल गर्दै वेल्सको जित निश्चित गरे । ५ वर्ष अघिको पछिल्लो संस्करणमा वेल्स सेमिफाइनलमा विजेता बनेको पोर्चुगलसँग पराजित भएको थियो ।

प्रकाशित : असार ३, २०७८ ०६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?