कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्विडेनसँग स्पेनको गोलरहित बराबरी

एजेन्सी

सेभिया — स्पेनले युरो २०२० को समूह ‘ई’ को खेलमा सोमबार स्विडेनसँग गोलरहित बराबरी खेलेको छ । खेलमा पूर्णत: नियन्त्रण राखे पनि स्पेनले गोल निकाल्न नसकेको हो ।

स्विडेनसँग स्पेनको गोलरहित बराबरी

लुइस एनरिकको टिमले खेलमा लगातार आक्रमण गरेको थियो । जवाफमा स्विडेनले बलियो रक्षात्मक रणनीति तेर्स्याएको थियो ।

यसै समूहको यसअघिको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ ले हराएको थियो । यी नतिजापछि स्लोभाकिया तीन अंकसहित समूहको शीर्ष स्थानमा रह्यो भने त्यसपछि स्पेन र स्विडेन रहे ।


दुवैको एक–एक अंक भएको छ । पोल्यान्ड भने शून्य अंकमा पुछारमा छ ।

प्रकाशित : असार १, २०७८ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?