कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रेन्च ओपन : फाइनलमा क्रेजसिकोभा र पेभलेचेन्कोभा भिड्ने

एजेन्सी

पेरिस — फ्रेन्च ओपनको महिला एकलको फाइनल चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभा र रुसी खेलाडी एनास्टिसा पेभलेचेन्कोभाबीच हुने भएको छ ।

फ्रेन्च ओपन : फाइनलमा क्रेजसिकोभा र पेभलेचेन्कोभा भिड्ने

क्रेजसिकोभाले मारिया सकारीलाई तीन घण्टा चलेको कडा प्रतिस्पर्धात्मक खेलमा बिहीबार ७–५, ४–६ र ९–७ ले हराइन् ।

क्रेजसिकोभाले एक म्याच प्वाइन्टमा जोगिंदै यो सनसनीपूर्ण खेल जितेकी हुन् । अब शनिबार हुने फाइनलमा उनको सामना ३१ वर्षीय अनुभवी खेलाडी पेभलेचेन्कोभासँग हुनेछ ।पेभलेचेन्कोभाले अर्को सेमिफाइनलमा स्लोभेनियाकी टमारा जिडासेकलाई ७–५ र ६–३ ले हराइन् । उनी ग्रान्ड स्लाम फाइनल पुगेको यो पहिलो पल्ट हो ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?