कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नतिजा भन्दा पनि राम्रो खेल्ने लक्ष्य : अल्मुताइरी

काठमाडौँ — नेपालले एसियाली विश्वकप छनोटमा शुक्रबार बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दैछ । यो नेपालको छनोटको दोस्रो चरणको अन्तिम खेल हुनेछ । त्यस अगाडि बिहीबार आयोजित प्रि–पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो ध्यान नतिजामा भन्दा राम्रो खेल्नेमा रहेको बताएका छन् ।

नतिजा भन्दा पनि राम्रो खेल्ने लक्ष्य : अल्मुताइरी

उनले भने, ‘हामीले पछिल्लो समय खेल्ने शैलीमा केही परिवर्तन गरेका छौं । अहिले त्यसको नतिजा आउन थालेको छ । तर छोटो समयमा केही पनि सजिलो हुन्न । फुटबलमा नतिजा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हामीले भविष्यमा अझ राम्रो नतिजा दिन सक्ने छौं ।’ उनले अस्ट्रेलियाविरुद्धको खेल नेपालका लागि सजिलो नहुने पनि माने ।

उनले जुलाईमा युरोप र अफ्रिकी देशसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्ने तयारी रहेको पनि खुलाए । प्रशिक्षक अल्मुताइरीले दीर्घकालीन योजनामा अगाडि बढेको दाबी गर्दै थपे, ‘हाम्रो लक्ष्य पक्कै पनि साफ च्याम्पियनसिप नै हो । सेप्टेम्बरमा हुने यस प्रतियोगिताका लागि तयारी हाम्रो मुख्य लक्ष्य हो र हामी यसै अनुसार अगाडि बढिरहेका छौं ।’

विश्वकप छनोटको समूह बी मा नेपाल छ अंकसहित चौथो स्थानमा रहेको छ । छनोटका सबै समूहका खेलपछि नेपालले एसियाकप छनोटको तेस्रो चरणमा सिधा प्रवेश पाउने छ अथवा त्यस अगाडिको प्ले अफ खेल्नेछ, त्यो निर्णय हुनेछ ।

इराकविरुद्धको खेलपछि कुवेत पुगेको नेपाली राष्ट्रिय टिम आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?