१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

रसफोर्डको पेनाल्टीमा इंग्ल्यान्ड विजयी

एजेन्सी

लन्डन — युरो २०२० अगाडिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले आइतबार रोमानियालाई १–० ले हराएको छ । खेलको ६८औं मिनेटमा मार्कस रसफोर्डले पेनाल्टीबाट निर्णायक गोल गरे । 

रसफोर्डको पेनाल्टीमा इंग्ल्यान्ड विजयी

इंग्ल्यान्डको कप्तानी पनि रसफोर्डले नै गरेका छन् । यस क्रममा उनी २३ वर्ष १८ दिनको उमेरमा इंग्लिस फुटबल टिमको कप्तान हुने सबैभन्दा कान्छो खेलाडीसमेत बने ।

आइतबारकै अन्य प्रमुख खेलमा बेल्जियमले क्रोएसियालाई १–० र नेदरल्यान्ड्सले जर्जियालाई ३–० ले हराए ।

प्रकाशित : जेष्ठ २४, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?