कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्ड र न्युजिल्यान्डको पहिलो टेस्ट बराबर

एजेन्सी

लन्डन — इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट बरारीमा टुंग्याएको छ । पाँचौ तथा अन्तिम दिनको खेलको अन्तिम दुई सत्रमा २ सय ७३ रनको लक्ष्य पाएको इंग्ल्यान्डले सुरक्षित खेल्दै ७० ओभरमा ३ विकेट गुमाई १ सय ७० रन बनाएपछि टेस्ट बराबरीमा टुंगिएको हो ।

इंग्ल्यान्ड र न्युजिल्यान्डको पहिलो टेस्ट बराबर

ओपनर डम सिब्ली ६० र ओली पप २० रन बनाई अविजित रहे । ३ सय १२ मिनेट क्रिजमा बिताएका सिब्लीले २ सय बल खेल्दै ३ चौका प्रहार गरे । पपले ४१ बल खेली ३ चौका प्रहार गरे । ओपनर रोरी बन्र्स २५, ज्याक क्रवली २ र कप्तान जो रुट ४० रनमा आउट भए । न्युजिल्यान्डका निल वाग्नरले २ र टिम साउथीले १ विकेट लिए ।

यसअघि न्युजिल्यान्डले टेस्टमा रोमाञ्चकता थप्न १६९–६ मा दोस्रो इनिङ् समाप्तीको घोषणा गर्दै घरेलु टोली इंग्ल्यान्डलाई २ सय ७३ रनको लक्ष्य दिएको थियो । बिजे वाटलिङ १५ र कोलिन डी ग्रान्डहोम ९ रन बनाई अविजित रहे । पहिलो इनिङ्समा शतक बनाएका डेभोन कोन्बे २३ रनमा आउट भए । अर्का ओपनर टम लाथमले सर्वाधिक ३६ रन बनाए । ९९ बल खेलेका उनले ३ चौका प्रहार गरे ।

कप्तान केन विलियमसन १ रनमै अघिल्लो दिनको खेलमै आउट भएका थिए । नाइट वाचम्यान वाग्नर १०, रोस टेलर ३३ र हेनरी निकोलास २३ रनमा आउट भए । पहिलो टेस्ट खेलिरहेका ओले रोबिन्सनले १४ ओभरमा ५ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै स्टुवार्ट ब्रोड, मार्क उड र रुटले १–१ विकेट लिए ।

कोन्बेको २ सय रनमा न्युजिल्यान्डले पहिलो इनिङ्समा ३ सय ७८ रन बनाएको थियो । इंग्ल्यान्डबाट रोबिन्सनले ४ विकेट लिएका थिए । इंग्ल्यान्डबाट पनि ओपनर रोरी बन्र्सले १ सय ३२ रन बनाका थिए । उनको प्रयासमा इंग्ल्यान्डले २ सय ७५ रन बनाएका थिए । न्युजिल्यान्डका टिम साउथीले २५.१ ओभरमा ४३ रन खर्चेर ६ विकेट लिएका थिए ।

इंग्ल्यान्डसँगको दोस्रो टेस्टमा प्रतिस्पर्धा गरेपछि न्युजिल्यान्डले भारतविरुद्ध इंग्ल्यान्डमै विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दै छ ।

प्रकाशित : जेष्ठ २४, २०७८ ०६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?