कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाइनिज ताइपेयीलाई जित्‍ने गरी खेल्छौं : प्रशिक्षक अल्मुताइरी

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोटमा चाइनिज ताइपेयीको सामना गर्दा आफ्नो उद्देश्य जित हुने बताएका छन् ।

चाइनिज ताइपेयीलाई जित्‍ने गरी खेल्छौं : प्रशिक्षक अल्मुताइरी

नेपालले बिहीबार छनोटको दोस्रो चरणको खेलमा चाइनिज ताइपेयीको समना गर्न लागेको हो । उनले बुधबार आयोजित भर्चुअल प्रि–कन्फ्रेन्समा कुवेतमा खेल्न दुवै टिमलाई सजिलो नहुने पनि माने ।

उनले भनेका छन्,‘कुवेतको मौसममा खेल्न नेपाल र चाइनिज ताइपेयी दुवै टिमलाई सजिलो हुने छैन । हामीले छनोटको आफ्नो समूहमा चौथो स्थानमा रहन चाहन्छौं । यसले एसिया कप छनोटको बाटो बलियो बनाउन चाहन्छौं । त्यसैले भोलिको खेलमा हामी जित्नका लागि खेल्नेछौं ।’ उनले आफ्ना युवा खेलाडीलाई संयमित भएर खेल्न पनि सुझाव दिए ।

उनले थपे, ‘यो छनोटका लागि हामीले पर्याप्त अभ्यास खेल खेल्ने अवसर पाएका छैनौं । हामीसँग युवा र प्रतिभाशाली टिम रहेको छ । हामी यो टिममाथि धेरै दबाब दिन चाहँदैनौं । चिनियाँ ताइपेयीका खेलाडी पनि नयाँ छन् र टिमका प्रशिक्षकले पनि पहिलो पल्ट जिम्मेवारी सम्हाल्दैछन् ।’ चाइनिज ताइपेयीका प्रशिक्षक भोम चान्हुमले पनि कुवेती मौसममा खेल्न गाह्रो हुने माने ।

उनले भने, ‘हाम्रा लागि सबैभन्दा ठूलो चुनौती कुवेतको मौसम रहेको छ । नेपाल सन्तुलित टिम रहेको छ । उसको आक्रमण र रक्षापंक्ति बलियो छ । हामीले नयाँ खेलाडी उतार्दैछौं, किनभने हाम्रा प्रमुख खेलाडी कोभिड महामारीका कारण टिममा आबद्ध हुन सकेनन् । नयाँ खेलाडीका लागि यो मौका पनि हो ।’

छनोटको पहिलो चरणमा नेपालले चिनियाँ ताइपेयीलाई २–० ले हराएको थियो । दुवै गोल अञ्जन विष्टले गरेका थिए । खेल जबेर अल हमद अन्तर्राष्ट्रिय मैदानमा स्थानीय समय अनुसार बेलुका सात बजे (नेपाली समय राति ९:४५) हुनेछ । छनोट खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभीले प्रत्यक्ष प्रसारण गर्दैछ ।

प्रकाशित : जेष्ठ १९, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?