२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

राष्ट्रिय फुटबल टिम कुवेतमा

काठमाडौँ — विश्वकप छनोट चरणका बाँकी तीन खेल खेल्न नेपाली राष्ट्रिय टिम आइतबार कुवेत पुगेको छ । इराकविरुद्ध बासरामा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेपछि स्थलमार्ग भएर नेपाली टिम कुवेत पुगेको हो ।

राष्ट्रिय फुटबल टिम कुवेतमा

कुवेत पुगेपछि खेलाडी र पदाधिकारीको पीसीआर परीक्षण गरिएको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपालको विश्वकपको सपना समाप्त भइसकेको छ । तर एसियाकप छनोटको सम्भावना कायम छ ।

कुवेतमा नेपालले जेठ २० मा चिनियाँ ताइपेई, २४ मा जोर्डन र २८ मा अस्ट्रेलियाविरुद्ध खेल्नेछ ।


प्रकाशित : जेष्ठ १७, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?