२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

नेपाली राष्ट्रिय फुटबल टिम पुग्यो इराक

काठमाडौँ — इराकविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम बुधबार दिउँसो इराकको बासरा सहर पुगेको छ ।

नेपाली राष्ट्रिय फुटबल टिम पुग्यो इराक

नेपालले कुवेतमा हुने विश्वकप एसियाली छनोटका बाँकी खेल अगाडि पूर्व एसियाली च्याम्पियन तथा एसियाली फुटबल शक्ति इराकविरुद्ध यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेल जेठ १५ शनिबार बासराको अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । नेपालले आफूभन्दा निकै माथिल्लो वरीयताको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको यो पहिलो पल्ट हो । मंगलबार राति विशेष विमानबाट उडेको नेपाली राष्ट्रिय टिम कतार भएर बासरा पुगेको हो । नेपाली टिम त्यहाँको सेराटन होटलमा बसेको छ ।

नेपालले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुटारीको नेतृत्वमा खेल्न लागेको यो पहिलो खेल हुनेछ । त्यसपछि नेपालले विश्वकप छनोटअन्तर्गत चानिया ताइपेयी, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ ।

यस विश्वकप छनोट एसियाकप छनोटका रूपमा पनि रहेको छ र यसमा आफू अनुकूल नतिजा निकाल्न सके नेपालसामु एसियाकपमा छनोटको सम्भावना बढाउन सक्नेछ ।

प्रकाशित : जेष्ठ १२, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?