कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्लिक जर्मन प्रशिक्षक हुने

एएफपी

म्युनिक — बायर्न म्युनिख छाड्ने क्रममा रहेका प्रशिक्षक हान्सी फ्लिकले युरोपेली च्याम्पियनसिपको समाप्तिमा जर्मन टिम सम्हाल्ने भएका छन् ।

फ्लिक जर्मन प्रशिक्षक हुने

युरो २०२० को समाप्तिमा वर्तमान जर्मन प्रशिक्षक जोचिम लोले टिम छाड्दै छन् । उनको स्थानमा फ्लिकले जिम्मेवारी लिन लागेका हुन् । उनले सन् २०२४ सम्मका लागि अनुबन्ध गरेका छन् ।

लो भने सन् २००६ देखि जर्मन टिमका प्रशिक्षक थिए । फ्लिकले भनेका छन्, ‘म निकै उत्साहित छु, विशेषत: जर्मनीका युवा उत्कृष्ट खेलाडीसँग काम गर्न ।’ यस सिजन बायर्नका प्रशिक्षक रहेका ५६ वर्षीय फ्लिकले अप्रिलमा क्लब छाड्ने निर्णय गरेका थिए । उनको स्थानमा आरबी लाइपजिगका जुलियन नागेल्समन आउनेछन् ।

सन् २००६ देखि २०१४ सम्म फ्लिक लोकै सहायक प्रशिक्षकका रूपमा जर्मन टिमसँग आबद्ध थिए । ब्राजिलमा भएको विश्वकप उपाधिपछि फ्लिकले टिम छाडेका थिए । सन् २०१९ मा उनी सहायक प्रशिक्षककै रूपमा बायर्नमा आबद्ध भए । तात्कालीन प्रशिक्षक निको कोभकको बर्खास्तीपछि उनी बायर्नका प्रमुख प्रशिक्षक बने ।

उनको नेतृत्वमा सन् २०१९–२०२० मा बायर्नले बुंडेसलिगा, जर्मन कप र युरोपेली च्याम्पियन्स लिग जितेको थियो । बायर्नले फेब्रुअरीमा मात्र क्लब वर्ल्डकप पनि जितेको थियो । बायर्नमा १६ महिना रहेको बेला क्लबले छ उपाधि जितेको थियो । तर पछिल्लो समय खेलाडी अनुबन्धलाई लिएर क्लबको व्यवस्थापनसँग मतभिन्नता भएको थियो ।

प्रकाशित : जेष्ठ १२, २०७८ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?