कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एट्लेटिको लिग उपाधिनजिक

एजेन्सी

म्याड्रिड — लुइस स्वारेजले ८८औं मिनेटमा गरेको गोलको मद्दतमा एट्लेटिको म्याड्रिडले ओसासुनालाई आइतबार स्पेनी ला लिगामा २–१ ले हराएको छ । यससँगै टोली उपाधिको नजिक पुगेको छ ।

एट्लेटिको लिग उपाधिनजिक

आफ्नो घरेलु मैदानमा एक गोलले पछाडि रहेको एट्लेटिकोले ८२ र ८८औं मिनेटमा गोल फर्काएको हो ।

यसका लागि रेनान लोडीले बराबरी गोल फर्काएका थिए । यो जितपछि एट्लेटिकोको ८३ अंक भएको छ जुन दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि दुई अंकको अग्रता हो ।

त्यस्तै रियलले नाचो फर्नान्डेजको गोलमा एथलेटिक बिलबाओलाई १–० ले हरायो । बार्सिलोना भने घरमा सेल्टा भिगोसँग २–१ ले पराजित रह्यो । यससँगै उसको लिग उपाधिमा चुनौती समाप्त भएको छ । बार्सिलोना ७६ अंकसाथ तेस्रो स्थानमा छ ।

प्रकाशित : जेष्ठ ३, २०७८ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?