कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टरको जित

एएफपी

लन्डन — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार एस्टन भिल्लालाई ३–१ ले हराएको छ । यो जितपछि म्यानचेस्टर शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १० अंकको दूरीमा रहन सफल भयो ।

म्यानचेस्टरको जित

त्यसमा म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेज, मेसन ग्रिनउड र वैकल्पिक खेलाडी एडिसन काभानीले निर्णायक गोल गरे । भिल्लाका लागि अन्तिम समयमा ओली वाटकिन्सले एक गोल फर्काएका थिए ।

अर्को खेलमा उल्भसले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर १० खेलाडीमा समेटिएको ब्राइटनलाई २–१ ले हरायो । यसअघि लिग उपाधि जित्न ३ अंकमात्र चाहिने म्यानचेस्टर सिटी शनिबार चेल्सीको हातबाट घरमा २–१ ले पराजित भएको थियो । यो नतिजापछि सिटीले उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ ।

रहिम स्टर्लिङको गोलले अग्रता लिए पनि सिटीले त्यसलाई जोगाउन सकेन । चेल्सीका लागि हाकिम जिएच र मार्कोस अलोन्सोले गोल गरेका थिए । सिटीका लागि सर्जियो अगुइरो पेनाल्टीमा पनि गोल गर्न चुके । यो नतिजापछि सिटी ८० अंकमै कायम रह्यो । चेल्सीको भने ६४ अंक भएको छ । टोली तेस्रो स्थानमा उक्लेको छ । शनिबारकै अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–० ले हराएको थियो ।


प्रकाशित : वैशाख २७, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?