कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युकासलले लेस्टर सिटीलाई ४-२ ले हरायो

एजेन्सी

लन्डन — न्युकासल युनाइटेडले शुक्रबार इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई ४–२ ले हराएको छ । युरोपेली च्याम्पियन्स लिग छनोट पछ्याइरहेको लेस्टरमाथि प्राप्त यो प्रभावशाली जितपछि न्युकासल लिगमा लगभग सुरक्षित भएको छ ।

न्युकासलले लेस्टर सिटीलाई ४-२ ले हरायो

न्युकासलको जितमा कोलम विल्सनले दुई गोल गरे । लेस्टर चार गोलले पछाडि परेपछि दुई गोल फर्काउन सफल रहेको हो । यो जितपछि स्टिभ ब्रुसको न्युकासल १३ औं स्थानमा उक्लेको छ र यो १८ औं स्थानमा रहेको फुलहममाथि १२ अंकको अग्रता हो ।

लिगमा चार चरणका खेल बाँकी रहेको न्युकासलले यो राहतपूर्ण जित निकालेको हो । लेस्टर भने तेस्रो स्थानमा छ र उसलाई पाँचौं स्थानको वेस्ट ह्याममाथि पाँच अंकको अग्रता प्राप्त छ ।

प्रकाशित : वैशाख २५, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?