कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपाल सुपर लिग : धनगढी र ललितपुरको बराबरी, दुवैलाई घाटा

काठमाडौँ — धनगढी एफसी र ललितपुर सिटी एफसीले बिहीबार नेपाल सुपर लिगमा १–१ को बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई घाटा पुर्‍याउने छ । धनगढीले जितसँगै शीर्ष स्थानमा उक्लने अवसर गुमायो भने ललितपुर पहिलो जितबाट वञ्चित रह्यो । धनगढीको तीन खेलबाट चार अंक भएको छ र दोस्रो स्थानमा पुगेको छ । ललितपुर भने तीन खेलबाट दुई अंकमै सीमित रह्यो र पुछारमा रह्यो ।

नेपाल सुपर लिग : धनगढी र ललितपुरको बराबरी, दुवैलाई घाटा

धनगढीले ७२ औं मिनेटमा ओलादिपो ओलावाले आफिजको गोलले अग्रता लिएको थियो । अशोक खवासले निकालेको पासमा नाइजेरियाली खेलाडी आफिजले हेडबाट गोल गरे । यो प्रतियोगितामा उनको तेस्रो व्यक्तिगत गोल हो । ललितपुरले ७८ औं मिनेटमा नै बराबरी गोल फर्काए । रञ्जन विष्टले पेनाल्टी एरियाबाट गरेको शक्तिशाली प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

उनी सब्टिच्युटका रूपमा मैदान प्रवेश गरेलगत्ते यो गोल गर्न सफल रहे । यसअघिका दुई खेलमा राम्रो नतिजा निकाल्न असफल ललितपुरले खेल अवधिमा बढी आक्रमण मात्र गरेन्, राम्रो प्रदर्शन पनि गरेको थियो । तर यो गोलको निश्चित अवसरका लागि पर्याप्त रहेन । पहिलो हाफको अन्त्यतिर ललितपुर पेनाल्टी चुकेको थियो र निकै महँगो सावित भयो ।

धनगढीका गोलरक्षक किरण चेम्जोङले अञ्जन विष्टलाई अनावश्यक रूपमा कुहिनाले हानेपछि ललितपुरले पेनाल्टी पाएको थियो । त्यसमा उनले पहेँलो कार्ड पनि पाए । तर नुरलान जाहिदको प्रहारलाई किरणले सजिलै रोके । ललितपुर आफ्नो पहिलो खेलमा पनि चितवनविरुद्ध पेनाल्टीबाट गोल गर्न चुकेको थियो ।

अंक तालिका

टिम खेल जित बराबरी हार गोल अंक

बुटवल लुम्बिनी २ १ १ – ४–२ ४

धनगढी ३ १ १ १ ४–४ ४

विराटनगर २ १ – १ ३–१ ३

पोखरा २ १ – १ १–२ ३

काठमाडौं २ १ – १ १–३ ३

चितवन २ – २ – ३–३ २

ललितपुर ३ – २ १ २–३ २

प्रकाशित : वैशाख १६, २०७८ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×