कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

म्यानचेस्टर सिटीले जित्यो लिगकप

एजेन्सी

लन्डन — म्यानचेस्टर सिटीले आइतबार लगातार ४ पटक लिगकप जित्दै कीर्तिमान कायम गरेको छ । उसले यसका लागि वेम्बलीमा भएको फाइनलमा टोटनहमलाई १–० ले हरायो ।

म्यानचेस्टर सिटीले जित्यो लिगकप

खेल सकिन आठ मिनेट अगाडि केभिन डे ब्रुएनाको फ्रिकिकमा आयमेरिच लापोर्टेले निर्णायक गोल गरे । सन् १९८१ देखि सन् १९८४ सम्म लिभरपुलले पनि लगातार चार पल्ट यो प्रतियोगिता जितेको थियो । लिभरपुलको उक्त रेकर्डमा सिटीले बराबरी गरेको छ ।

यस्तै सिटीले लिभरपुलको नाममा रहेको सर्वाधिक आठ पल्टको लिगकप विजेताको कीर्तिमान पनि बराबरी गरेको छ । सिटीसामु यस सिजन इंग्लिस प्रिमियर लिग क्लब र युरोपेली च्याम्पियन्स लिग जित्ने अवसर पनि कायम छ ।

प्रिमियर लिगमा आइतबारका खेलमा भने एस्टन भिल्ला र वेस्ट ब्रुमले २–२ तथा लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडले ०–० ले बराबरी खेले । अर्को खेलमा बर्नलीले उल्भ्सलाई ४–० ले हरायो ।

प्रकाशित : वैशाख १३, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?