कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रियलले गर्‍यो एट्लेटिकोसँग अंक बराबरी

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा बुधबार एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ । यसका लागि रियलले काडिजलाई सजिलै ३–० ले हरायो । त्यसमा करिम बेन्जेमाले दुई गोल गरे ।

रियलले गर्‍यो एट्लेटिकोसँग अंक बराबरी

पहिलो गोल पेनाल्टीबाट थियो । अल्भारो ओड्रिजोलाले गरेको तेस्रो गोलमा पनि बेन्जेमाले सहयोगी भूमिका खेले । यो जितपछि रियलको ३२ खेलबाट ७० अंक भएको छ ।

लिगका अन्य खेलमा तेस्रो स्थानमा उक्लेको सेभियाले लेभान्टेलाई १–० ले हरायो । यस्तै पाँचौं स्थानमा उक्लिनका लागि रियल बेटिसले एथलेटिक बिलबाओसँग गोलरहित बराबरी खेल्यो ।


प्रकाशित : वैशाख ९, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?