कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

खेलकुद महासंघको अध्यक्षमा पौडेल

काठमाडौँ — सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलाले अध्यक्षमा रमेश पौडेललाई चयन गरेको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित मंगलबार सम्पन्न सो महासंघ भेलाले अध्यक्ष पुरुषोत्तम पौडेलले सङ्गठन विरोधी गतिविधि गरेको भन्दै उनलाई पदमुक्त गरी युवा सङ्घ नेपालका पूर्व अध्यक्ष रमेश पौडेललाई अध्यक्ष चयन गरेको हो ।

खेलकुद महासंघको अध्यक्षमा पौडेल

भेलाले पुनः गठन गरेको ५५१ सदस्यीय केन्द्रीय कमिटीको उपाध्यक्षमा पर्शुराम बस्नेत, प्रभातविक्रम कटवाल, ध्रुव आचार्य, निरेशलासिंह, सुदर्शन गुरुङ, सुवास श्रेष्ठ, जीतेन्द्र दाहालसहित १२ जना र महासचिवमा मेघराज पौडेललाई चयन गरेको छ । अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै संयोजक पौडेलले पूर्वाध्यक्ष पुरुषोत्तम पौडेल राजनीति र खेलकुदको मूल मार्गबाट विचलित भई गुटबन्दीमा सक्रिय भएकाले भेलाले कारवाही गरेको बताए ।

उनले महासङ्घलाई खेल, खेलाडी, प्रशिक्षक र खेलप्रेमीको साझा सङ्गठन बनाइने देशव्यापी सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने उद्घोष गरे ।

प्रकाशित : वैशाख ७, २०७८ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×