इन्टर नेपोलीसँग बराबरीमा रोकियो- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्टर नेपोलीसँग बराबरीमा रोकियो

एजेन्सी

मिलान — इन्टर मिलान आइतबार इटालीको सिरी ए मा नेपोलीको हातबाट १–१ को बराबरीमा रोकिएको छ । यससँगै पछिल्ला १२ खेलयता इन्टर पहिलो पल्ट स्पष्ट जित निकाल्न असफल रह्यो ।

तस्बिर : रोयटर्स


तर यो बराबरीका बाबजुद इन्टर लिग उपाधिको अझ नजिक पुगेको छ । इन्टरले सामिर हान्डानोभिचको आत्मघाती गोलले अग्रता लिएको थियो । क्रिस्टियन एरिक्सनले नेपोलीका लागि बराबरी गोल गरे ।

नेपोली पाँचौँ स्थानमा छ र यो चौथो स्थानमा रहेको युभेन्ट्ससँगको दूरी दुई अंक मात्र रहेको छ । यसअघि युभेन्ट्स एटलान्टासँग १–० ले पराजित भएको थियो ।

प्रकाशित : वैशाख ६, २०७८ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्

लेस्टर एफए कपको फाइनलमा

एजेन्सी

लन्डन — लेस्टर सिटीले साउथह्याम्पटनलाई १–० ले हराएर आइतबार एफए कपको फाइनलमा प्रवेश गरेको छ । अब लेस्टरले सन् १९६९ यता पहिलोपल्ट वेम्बलीमा हुने फाइनल खेल्नेछ ।

उसका लागि केलेची इहेनाचोले दोस्रो हाफमा निर्णायक गोल गरे । लेस्टरले ठूला प्रतियोगिताको फाइनल खेल्न लागेको यो सन् २००० यता पहिलोपटक हो । त्यस वर्ष उसले लिग कप जितेको थियो । फाइनलमा लेस्टरले चेल्सीको सामना गर्नेछ ।

यता इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–१ ले हराउँदै शीर्ष स्थानमा म्यानचेस्टर सिटीसँगको दूरी आठ अंकमा छोट्यायो । म्यानचेस्टरको ३२ खेलबाट ६६ अंक भएको छ । सिटीको भने समान खेलबाट ७४ अंक छ । म्यानचेस्टरका लागि मेसन ग्रिनउडले दुई तथा एडिसन कभानीले एक गोल गरे । बर्नलीका तर्फबाट जेम्स टारकोवस्कीले एक गोल फर्काए ।

प्रकाशित : वैशाख ६, २०७८ ०६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×