कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्च ब्वाइज सी डिभिजन च्याम्पियन

काठमाडौँ — चर्च ब्वाइजले सोमबार सहिद स्मारक लिग सी डिभिजनको उपाधि जितेको छ । जितसँगै चर्च ब्वाइज बी डिभिजनमा उक्लिन सफल रह्यो । 

चर्च ब्वाइज सी डिभिजन च्याम्पियन

उसले अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २–१ ले पराजित गर्‍यो । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजका लागि रिजन माझी र सोम थापाले गोल गरे । झापाका लागि श्यामुले एक गोल फर्काए ।

उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैंया पनि हात पारेको छ । चर्च ब्वाइजसँगै वीरगञ्ज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि बी डिभिजनमा उक्लेका छन् । यस्तै, सानो गौचरण भने सी डिभिजनमा झरेको छ ।

प्रकाशित : चैत्र ३०, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?