कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

विराटनगर सेमिफाइनलमा

विनोद भण्डारी

विराटनगर — घरेलु टिम विराटनगर–११ शनिबार पश्चिम बंगालको युनाइटेड फुटबल क्लब सिलिगुढीलाई ३–० ले पराजित गर्दै रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । फाइनल पुग्नका लागि विराटनगरले नेपाल पुलिस र एपीएफ क्लबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

दर्शकको बाक्लो उपस्थिति रहँदा शनिबार विराटनगरले २४ औं मिनेटमा सुनील खड्काको गोलबाट अग्रता लिएको थियो । प्रकाश बुढाथोकीको क्रसमा सुनीलले वानटचमै गोल गरे । घरेलु टिमविरुद्ध फिक्का देखिएको सिलिगुढीविरुद्ध थप गोल गर्न विराटनगरले ८४ र ८८ औं मिनेट कुर्नुपर्‍यो । प्रकाश बुढाथोकीले टिमका दोस्रो गोल गरे । उनले सन्जोग राईको पास सदुपयोग गरेर प्रहार गर्दा सिलिगुढीका गोलरक्षक निगम सिंह प्रतिक्रियाविहीन भए । स्पर्धामा प्रकाशको यो तेस्रो व्यक्तिगत गोल हो । विराटनगरले उद्घाटन खेलमा सिक्किमविरुद्ध २–१ को जित निकाल्दा दुवै गोल प्रकाशको नाममा थियो ।

सिक्किमको रमफुमा हालै सम्पन्न होली कपको उपविजेता सिलिगुढीविरुद्ध विराटनगरका सुनील खड्काले ८८ औं मिनेटमा तेस्रो गोल गरे । उनले मैदानको मध्यभागबाट बल एक्लै अगाडि बढाउँदै वान भर्सेस वानमा गोल गरे । उनले म्यान अफ द म्याच हुँदै १० हजार पाए । मनाङ मर्स्याङदीले नाम फिर्ता लिएपछि आयोजकले सिलिगुढीलाई आमन्त्रित गरेको थियो । टोलीका लागि इन्ज्युरी समयमा समत लिम्बुले मौका गुमाउँदा गोल अन्तर छोट्याउने प्रयास असफल भयो । आइतबार मछिन्द्र र पन्जाब पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र २९, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?