२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

विराट गोल्डकप : पन्जाब पुलिस क्लब क्‍वाटरफाइनलमा

विराटनगर — गोर्खा ब्वाइज फुटबल क्लब रूपन्देहीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै भारतीय टोली पन्जाब पुलिस क्लब शुक्रबार विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ ।

विराट गोल्डकप : पन्जाब पुलिस क्लब क्‍वाटरफाइनलमा

निर्धारित र अतिरिक्त समयमा दुवै टिमवाट १–१ ले बराबरी भएपछि खेलको छिनोफानो टाइब्रेकरवाट गरिँदा पन्जाबले बाजी मार्‍यो । पन्जाबका लागि सरजित सिंह, जितेन्द्र सिंह, बलजित सिंह र असदीप सिंहको पेनाल्टी प्रहार गोलमा परिणत हुँदा रूपन्देहीका शक्ति राई र गौरव श्रेष्ठको प्रहारले मात्र पोस्टको लक्ष्य भेटेको थियो ।

रूपन्देहीका कप्तान आशिष गुरुङको प्रहार पन्जाबका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गर्दा अजित गुरुङको प्रहार बारमा ठोक्किएर फर्किएको थियो । यसअघि इन्जुरी समयको पाँच मिनेट सम्हाहिन नसक्दा रूपन्देहीले अग्रता जोगउन सकेन । खेलको ७९ औं मिनेटमा रूपन्देहीका शक्ति राईले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाएका थिए । उनले लुइस भिडालको क्रममा हेड गोल गरेका थिए । पाँच मिनेटको इन्ज्युरी समयको दोस्रो मिनेटमा पन्जाबका जितेन्द्र सिंहले गोल गरी खेल बराबरी गरेका थिए । पन्जाबका गोलरक्षक सतवीर सिंह म्यान अफ द म्याच भए । उनले १० हजार पुरस्कार थापे ।

शनिबार युनाइटेड फुटबल क्लब पश्चिम बंगाल र घरेलु टिम विराटनगर ११ बीच पहिलो क्वाटरफाइनल हुनेछ । मनाङ मर्स्याङदी क्लबले अन्तिम समयमा प्रतियोगितामा सहभागी नहुने जनाएपछि आयोजकले पश्चिम बंगालविरुद्ध घरेलु टिम विराटनगरलाई मैदानमा उतार्ने निर्णय गरेको हो ।

विराटनगरले बिहीबार सिक्किमलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनल यात्रा गरेको थियो । मनाङले डेढ दशकअघि विराटनगरमा नीराजन कप फुटबल प्रतियोगितामा सेमिफाइनल खेल छाडेर आयोजकलाई धोका दिएको थियो ।

प्रकाशित : चैत्र २८, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?