कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनएसएलसँग जोडियो खुकुरी

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) ले मुख्य प्रायोजकका रूपमा बिहीबार नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजकको अनुबन्ध गरेको छ । त्यसअनुसार अब प्रतियोगिताको नाम खुकुरी एनएसएल हुनेछ ।

एनएसएलसँग जोडियो खुकुरी

सात टिमको फ्रेन्चाइज फुटबल प्रतियोगिता अर्को महिना दशरथ रंगशालामा सुरु हुनेछ । मुख्य प्रायोजकको अनुबन्धमा प्रतियोगिताको आयोजकका प्रमुख आश्रयता चौधरी कार्की र नेपाल डिस्टिलरिजका लागि इभेन्ट्स म्यानेजर श्रीदा शाहले हस्ताक्षर गरे ।

मुख्य प्रायोजकको अनुबन्धमा संलग्न रकमबारे दुवै पक्षले खुलाएका छैनन्, तर यो रकम नेपाली खेलकुदका लागि प्रायोजनमा कीर्तिमान बराबरका हुने आयोजकले दाबी गरेको छ ।

त्यस कार्यक्रमका अवसरमा आयोजकका तर्फबाट चौधरी कार्कीले कोभिड १९ ले सिर्जना गरेको नयाँ परिस्थितिमा सबै प्रकारका स्वास्थ्य मापदण्ड पूरा गरे प्रतियोगिता हुने निश्चित भएको बताइन् ।


प्रकाशित : चैत्र २६, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?