कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आहा रारा गोल्डकप : अफ्रिकन रुट्स फाइनलमा

लालप्रसाद शर्मा

पोखरा — पोखरा रंगशालामा जारी आहा–रारा गोल्डकप अन्तर्गत बिहीबार भएको सेमिफाइनलमा अफ्रिकन रुट्स एसोसिएसन नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । अफ्रिकन रुट्ससँग २–० गोलको हारसँगै प्रहरी सेमिफाइनलबाबाटै बाहिरिएको हो ।

आहा रारा गोल्डकप : अफ्रिकन रुट्स फाइनलमा

खेलको पहिलो हाफको २ मिनेटमै रुट्सका बसिकले पहिलो गोल गरेर खेलमा अग्रता दिलाएका थिए । यसपछि प्रहरी निकै दबाबमा थियो । पहिलो हाफको सुरुमै दबाबमा परेको प्रहरीले प्राविधिक रुपमा राम्रो खेले पनि एउटै गोल गर्न सकेन । दोस्रो हाफपछि थपिएको ४ मिनेटको समयमा ९३.४० मिनेटमा अफ्रिकनका मउसाले अर्को गोल गरेर फराकिलो जित भएका थिए । अफ्रिकनका खेलाडी अग्लो भएकाले पनि हाइ पासेज र हेडरको थेरै प्रयोग गरेका थिए । खेलमा दुवै टीमका ३/३ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए । प्रहरी यसअघिका विभिन्न वर्षमा आहा रारा प्रतियोगिता ६ पटकसम्म विजेता र ४ पटक उपविजेता थियो । मंगलबार भएको सेमिफाइनलमा पुलिसले थ्रीस्टारलाई ४–० को फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अब शनिवार हुने फाइनल खेलमा अफ्रिकन र संकटा क्लब भिड्नेछन् । दुवै टिम पहिलोपटक फाइनलमा पुगेका हुन् । अफ्रिकन टिम भने यो प्रतियोगितामा पहिलोपटक सहभागी भएको थियो ।

प्रकाशित : चैत्र २६, २०७७ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?