सम्पर्कविहीन भएको ताराको टि्वनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको छ । जोमसोमबाट टुकुचे र धौलागिरी क्षेत्रमा खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए ।
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।
अघिल्लो निर्वाचनको तुलनामा क्षति बेहोरे पनि गण्डकीमा कांग्रेस नै ठूलो पार्टी बन्न सफल भएको छ । २०७४ को निर्वाचनमा ४४ पालिका जितेर ठूलो बनेको कांग्रेस यसपटक भने ३६ मा झरेर पनि ठूलो बन्न सकेको हो ।
भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरमा आज मतगणना नहुने भएको छ । निर्वाचन आयोगले मतपेटिका संकलन भएलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने जनाए पनि पोखरामा त्यो सम्भव नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
स्थानीय तहको निर्वाचनमा भोट खसाल्ने दिनको प्रतीक्षा एक दिनमात्रै बाँकी छ । मतदाता सुरक्षितसाथ आफूले चाहेको उम्मेदवारलाई मत खसाल्न आतुर छन् । निर्वाचनमा ढुक्कसाथ मतदानको अधिकार प्रयोग गराउने वातावरणका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
स्थानीय तह निर्वाचन गर्न निर्वाचन अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी मतदान सामग्रीसहित सम्बन्धित मतदानस्थल पुगिसकेका छन् । निर्वाचन तालिकाअनुसार बुधबार र बिहीबार मतदाता परिचयपत्र वितरण, मतदाता शिक्षा दिने र मतदान केन्द्र बनाउने समय हो ।
उम्मेदवारहरूका दैनिकी हिजोआज साह्रै व्यस्त र थकानपूर्ण छन् । सखारै उठ, समर्थकहरू जम्मा पार, र्याली निकाल, टोलटोल धाऊ, वडा–वडामा पुगेर सभाहरू गर र थाकेर घर फर्क । जतिजति चुनावको दिन नजिक आउँदै छ, उतिउति उनीहरूको दौडधुपपूर्ण चर्या बढ्दो छ । चुनावी तयारीका यी सब काम सकेर आरामको एउटा लामो सास लिँदा रात परिसक्छ । फेरि, बिहान झन् बढी व्यस्त तालिकाको दिन सुरु गर्नु छँदै छ ।
जग्गा अधिग्रहण गरेको ४६ वर्षपछि पोखरामा बल्ल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । चीन सरकारले प्रायः सबै मुख्य संरचना निर्माण सम्पन्न भएको विमानस्थल शनिबार नेपाललाई हस्तान्तरण गरेको हो ।
लागूऔषध दुर्व्यसनलगायत मुद्दामा पक्राउ परी सजाय भोगेका व्यक्तिले कास्की जिल्ला अदालत तोडफोड गरेको पाइएको छ । पोखरा-१५ टुटुंगाका २७ वर्षीय अर्जुन परियार (दावा) लाई प्रहरीले बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।