कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याम्पियन्स लिग : पीएसजीले बायर्न म्युनिक र चेल्सीले पोर्टोलाई हरायो

एजेन्सी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तिम आठको पहिलो लेगको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई उसकै घरमा ३–२ ले हराएको छ ।

च्याम्पियन्स लिग : पीएसजीले बायर्न म्युनिक र चेल्सीले पोर्टोलाई हरायो

गत वर्षको प्रतियोगिताको फाइनलमा यिनै दुई टिम भिडेका थिए । यसपल्ट पीएसजीले प्राप्त गरेको जितमा केयलिन एमबापेले दुई गोल गरे । उसका लागि अर्को गोल मारक्विन्होसले गरे ।बायर्नका लागि भने एरिक म्याक्सिम र थोमस मुलरले गरे ।

तस्बिर : रोयटर्स

त्यस्तै अर्को खेलमा चेल्सीले पोर्टोको घरमा २–० को जित निकाल्यो र सेमिफाइनलका लागि आफूलाई बलियो प्रत्यासी बनायो । चेल्सीको यस जितमा मेसन माउन्ट र बेन चिलवेलले गोल गरे । घर बाहिर प्राप्त यी जितपछि पीएसजी र चेल्सी दुवै दोस्रो लेगको खेल अगाडि बलियो स्थितिमा रहन सफल रह्यो ।

प्रकाशित : चैत्र २६, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?