कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीलाई ८ विकेटले हराउँदै सुदूरपश्‍चिम मेयर्स कपको फाइनलमा

काठमाडौँ — लुम्बिनी प्रदेशमाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । 

लुम्बिनीलाई ८ विकेटले हराउँदै सुदूरपश्‍चिम मेयर्स कपको फाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपीएफसँगको भेट पक्का गरेको हो । एपीएफ र सुदूरपश्चिमले एक खेल अगावै अन्तिम दुईमा स्थान बनाउन सफल भएका हुन् ।

सुदूरपश्चिमले फाइनलमा स्थान बनाउनका लागि बुधबार लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमको जितमा मन्जु बोगटीले सर्वाधिक २६ रन जोडिन् । बिन्दु रावल १७ रनमा अविजित रहिन् । रेवती धामीले १७ रन जोड्दा कविता जोशीले अविजित ४ रन बनाइन् । लुम्बिनीका लागि कृतिका मरासिनीले २ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाइन् । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्न लक्ष्मी साउदले ४ विकेट लिइन् । ऋतु कनौजियाले ३ तथा सुनिता लुहर र कविता जोशीले १/१ विकेट आफ्नो नाममा लेखाए । लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो ।

प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र प्रदेश १ तथा दोस्रो खेल लुम्बिनी प्रदेश र एपीएएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र २५, २०७७ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?