कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

आहा रारा गोल्डकप : पुलिस सेमिफाइनलमा

लालप्रसाद शर्मा

पोखरा — आहा रारा गोल्डकप प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नेपाल पुलिस क्लबले प्रतिद्वन्द्वी थ्रीस्टारलाई ४–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसका लागि बुद्धबल तामाङले २, निरकुमार राई र सौजन राई याख्याले १/१ गोल गर्न सफल भए ।

आहा रारा गोल्डकप : पुलिस सेमिफाइनलमा

खेलको पहिलो हाफको २८ औं मिनेटमा एक गोल गरी अग्रता दिलाएका तामाङले ५७ औं मिनेटमा अर्को गोल गरेका थिए । यसैगरी खेलको ६३ औं मिनेटमा निरकुमार राईले पुलिसका लागि अर्को गोल थपे भने ८५ औं मिनेटमा पुग्दा याख्याले एक गोल गर्न सफल भए । याख्याले सुमन लामाको पासको सदुपयोग गरेका थिए ।

यी दुवै टोली यसअघिका आहा रारा कपमा ७ पटक भेट भइसकेकोमा ५ खेल पुलिस र २ खेल थ्रीस्टारको पोल्टामा पुगेको थियो । सेमिफाइनलको यात्रा तय गरेको पुलिसले अब अफ्रिकी रुट्स एसोसिएशनको क्यामरुनसँग खेल्नेछ ।

यसअघिका क्वाटरफाइनल खेलमा संकटा क्लबले मनाङ मस्र्याङदी क्लबलाई, क्यामरुनले मछिन्द्रलाई, एपिएफले आयोजक सहारालाई हराएर सेमिफाइनलमा पुगेका थिए ।

प्रकाशित : चैत्र २४, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?