२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वेस्ट ह्याम चौथो स्थानमा

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले आइतबार उल्भ्सलाई ३–२ ले हराएर चौथो स्थानमा उक्लेको छ । यो जितपछि वेस्ट ह्यामको ३० खेलबाट ५२ अंक भएको छ ।

वेस्ट ह्याम चौथो स्थानमा

टिमको जितमा जेसी लिनगार्ड, पाब्लो फोर्नाल्स र जेरोड बोवेनले गोल गरे । वेस्ट ह्यामले तीन गोलको अग्रता लिएपछि दुई गोल खाएको थियो । उल्भ्सकातर्फबाट लियान्डर डेनचोकर र फाबियो सिल्भाले गोल गरे ।

आइतबारकै अर्को खेलमा एभरटन र क्रिस्टल प्यालेसले १–१ को बराबरी खेले ।

प्रकाशित : चैत्र २४, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?