कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आरसीटीको महत्त्वाकांक्षी योजना

काठमाडौँ — कीर्तिमान छ पल्टको सहिद स्मारक लिग ‘ए’ डिभिजन विजेता आरसीटीले फेरि एकपल्ट माथिल्लो डिभिजनमा उक्लने उद्देश्य राखेको छ, त्यो पनि पूर्ण तयारीसँगै ।

आरसीटीको महत्त्वाकांक्षी योजना

क्लब अहिले ‘बी’ डिभिजनमा छ । आरसीटीले ‘ए’ डिभिजनमा उक्लनु अगाडि आर्थिक र भौतिक रूपमा आफूलाई अझ बलियो बनाउने भएको छ ।

‘ए’ डिभिजनमा प्रवेश पाउनुअघि अन्नपूर्ण आरसीटीको नयाँ कार्यसमितिले आफ्नै मैदान मैदान, एकेडेमी र होस्टेलका लागि प्रयास गर्नेछ । क्लबले शनिबार नयाँ कार्यसमिति पाएको हो र त्यसको नेतृत्वमा सुरेशकाजी शाक्यले फेरि निरन्तरता पाएका छन् ।

अध्यक्षमा शाक्यको यो तेस्रो कार्यकाल हुनेछ । कार्यसमिति उपाध्यक्षमा राजेश श्रेष्ठ र कुमार राजभण्डारी, सचिवमा राजु शाही, सहसचिवमा रविन महर्जन र कोषाध्यक्षमा सन्जीव तुलाधर छन् । सदस्यमा यज्ञरत्न तुलाधर, नरेश वैद्य, अमूल्य मानन्धर, चंगेजलाल श्रेष्ठ, रघुवरमान सिंह प्रधान र नरेन्द्र श्रेष्ठ छन् । कार्यसमिति पहिलो बैठकले मनोनीत दुई सदस्यमा अशोक मानन्धर र रामचन्द्र श्रेष्ठ छन् ।

क्लबले आफ्नै मैदानका लागि तयारी गरिरहेको छ र यो अन्तिम चरणमा पुगिसकेको छ । अध्यक्ष शाक्यले भने, ‘अहिले हाम्रो प्रमुख उद्देश्य आरसीटीलाई आर्थिक रूपमा बलियो बनाउनु हो र एएफसीले तोकेको क्लब मापदण्डसरह सक्षम बनाउनु हो ।’

प्रकाशित : चैत्र २२, २०७७ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?