कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किरण बने आई-लिगको उत्कृष्ट गोलरक्षक

काठमाडौँ — किरणकुमार लिम्बु २०२०–२०२१ सिजनको आई–लिगमा उत्कृष्ट गोलरक्षक बनेका छन् ।

किरण बने आई-लिगको उत्कृष्ट गोलरक्षक

नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका किरण राउन्डग्लास पञ्जाब फुटबल क्लबबाट आई–लिग खेल्छन् ।

यो सिजनमा पञ्जाबले लिगको चौथो स्थान हासिल गर्न सफल भएको थियो । यस पटक लिगको उपाधि भने गोकुलम केरला एफसीले जित्यो ।

१५ खेलबाट २९ अंक बटुलेको गोकुलमले समान अंक रहेको चर्चिल ब्रदर्सलाई गोल अन्तरमा उछिन्दै उपाधि जितेको हो । आई लिगमा पहिलो हुने गोकुलमले १ करोड भारतीय रुपैयाँ प्राप्त गऱ्यो । दोस्रो हुने चर्चिल ब्रदर्सले ६०, तेस्रो हुने टीआरएयू एफसीले ४० र चौथो स्थान हासिल गरेको पञ्जाबले २५ लाख प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षक बनेका किरणले २ लाख ५० हजार भारतीय रुपैयाँ प्राप्त गरे । यो सिजनमा पञ्जाबले १८ गोल गरेको थियो भने १५ गोल खाएको थियो । पञ्जाबले लिगमा ६ खेलमा जित, ४ मा बराबरी र ५ मा हार बेहोरेको थियो ।

प्रकाशित : चैत्र १७, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?