धम्बोझी र त्रिवेणी विजयी

नेपालगन्ज — लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले बुधबार एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा जित पाएका छन् ।

धम्बोझी र त्रिवेणी विजयी

धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले पराजित गरेको छ । यो जितमा दुवै गोल निशान लिम्बुले गरेका थिए । उनले दोस्रो मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाए । त्यसपछि ६१ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । धादिङका विजय भुजेलले १६ औं मिनेटमा गोल फर्काएका थिए । म्यान अफ द म्याच निशान लिम्बु भए ।

जितपछि धम्बोझीले ९ अंक जोड्दै शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ । तालिकामा १० अंकसहित स्टार सिटी कैलाली शीर्षस्थानमा छ भने त्रिवेणी र धम्बोझीको समान ९ अंक छ । गोलभिन्नतामा त्रिवेणी दोस्रो स्थानमा छ । धम्बोझीका प्रशिक्षक रवीन्द्र श्रेष्ठले टोलीको च्याम्पियन बन्ने अंक गणितीय सम्भावना कायमै रहेको बताएका छन् ।

नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा त्रिवेणीले सैनिक फुटबल क्लब झापालाई २–० ले हरायो । त्रिवेणीबाट लक्ष्मण रुचाल र विमल रानाले गोल गरे । लक्ष्मणले ६१ औं मिनेट र विमलले ७८ औं मिनेटमा गोल गरेका थिए । लक्ष्मण म्यान अफ द म्याच घोषित भए । त्रिवेणीले ४ खेलमा ३ खेल जितेर ९ अंक जोडेको छ ।

प्रकाशित : चैत्र १२, २०७७ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?