कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनिलको शतकमा खडक वारियर्स विजयी

अवधेशकुमार झा

राजविराज — मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो दिन मंगलबार बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी भएका छन् । स्थानीय राज रंगशालामा सम्पन्न पहिलो खेलमा रुपनी राइडर्सले तिलाठी कोइलाडी जायन्ट्सलाई १५ रनले हरायो । टस जितेर ब्याटिङ गर्दै रुपनीले १ सय ५३ रन बनाएको थियो ।

त्यसलाई पछ्याउने क्रममा तिलाठीले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रनमात्र बनाउन सक्यो । कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४९ रन, सन्तोष कार्कीले ३७ तथा दीपेश कँडेलले २८ रन जोडेका थिए । रुपनीका अनिल यादव र सुमित झाले २–२, सुनील धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले १–१ विकेट हात पारे ।

त्यसअघि रुपनीबाट अमित यादवले ४६, सुनील धमलाले ३२, लोकेश बमले २२, फिर्दोश अन्सारीले २० र नीरज मुखियाले १७ रनको योगदान दिएका थिए । तिलाठीका दीपेश कँडेलले ३, राशिद खान र आदिल अन्सारीले १–१ विकेट लिएका थिए । म्यान अफ द म्याच रुपनीका सुनील धमला चुनिए । दोस्रो खेलमा खडक वारियर्सले बोदे बर्साइन थन्डर्सलाई ४१ रनले हराउँदै विजयी भएका छन् । १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साइनले २० ओभरमा अलआउट हुँदा १ सय ४५ रनमात्र बनायो ।

कप्तान सिद्धान्त लोहनीले २९, अविनाश कर्णले १९, योगेन्द्रसिंह कार्कीले १७ रन जोडे । खडकका अनिल खरेलले ४, भुलावन सहनीले ३ तथा पप्पु यादव र पवन सर्राफले १–१ विकेट हात पारे । टस जितेको खडक वारियर्सले २० ओभरमा ३ विकेट गुमाई १ सय ८६ रन बनाएको थियो । अनिल शाहले प्रतियोगिताकै पहिलो शतक प्रहार गरे । उनले अविजित १०० रनको योगदान दिए । कप्तान विवेक यादवले ३०, प्रशान्त राईले २७ र पवन सर्राफले ५ बलमै अविजित २२ रन योगदान दिए । बोदे बर्साइनका वसन्त रेग्मीले २ र पप्पु यादवले एक विकेट लिए । म्यान अफ द म्याच अनिल शाह भए ।

प्रकाशित : चैत्र ११, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?