कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

लमजुङको त्रिवेणी विजयी

नेपालगन्ज — लमजुङको त्रिवेणी युवा क्लबले नेपालगन्जमा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबलमा जुम्लाको लेकाली युवा क्लबलाई २–१ ले पराजित गरेको छ । आइतबार भएको खेलको अन्तिम मिनेटमा सन्तबहादुर गुरुङले गोल गरेपछि त्रिवेणीले खेल जित्दै ३ अंक जोडेको हो । त्रिवेणीले दोस्रो खेल जित्दै ६ अंक बटुलेको छ ।

त्रिवेणीका विमल रानाले १७ औं मिनेटमा गोल गरेका थिए भने सन्तबहादुरले ९४ औं मिनेटमा गोल गरे । यसबीचमा भूपेन्द्र शाहीले १९ औं मिनेटमा गरेको गोलबाट जुम्लाले खेल बराबरीमा ल्याएको थियो । उनी नै म्यान अफ द म्याच घोषित भए । उनलाई एन्फाका पूर्वउपाध्यक्ष गोवर्धनसिंह सम्झनाले पुरस्कृत गरे ।

चैत १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब, झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब, रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज, धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब, लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब, बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब, जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब, कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : चैत्र ९, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?