२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

एन्फा प्रेसिडेन्ट लिग : लेकाली र सैनिक बराबरीमा

रूपा गहतराज

नेपालगन्ज — एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शुक्रबार सैनिक फुटबल क्लब, झापा र लेकाली युवा क्लब, जुम्लाबीचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीपछि दुवै टोलीले लिगमा पहिलोपटक अंकको खाता खोलेका छन् ।

एन्फा प्रेसिडेन्ट लिग : लेकाली र सैनिक बराबरीमा

नेपालगन्ज रंगशालामा सैनिकबाट प्रशान्त अवस्थीले ३८ औं मिनेटमा गोल गरे । लेकालीको तर्फबाट भूपेन्द्र शाहीले ४७ औं मिनेटमा गोल गरेर खेल बराबरी गरे । दोस्रो हाफमा पुजन उपरकोटीको पेनाल्टी प्रहारलाई लेकालीका गोलकिपर उज्ज्वल होना रोक्न सफल भएका थिए । लेकालीका गोलकिपर पुजन होना म्यान अफ द म्याचमा चुनिए ।

झापाका प्रशिक्षक प्रवेश कटुवालले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको बताए । ‘सुरुमा आज गोल गर्न हामीले धेरै समय पर्खनुपर्‍यो । खेलाडी घाइते भएका बेला हामीले गोलको सामना गर्नुपर्‍यो । त्यो भन्दा आज हाम्रो लागि पेनाल्टीमा गोल गर्न नसक्नु अर्को गल्ती भयो,’ खेलाडीहरू अन्य प्रतियोगितामा व्यस्त भएर पनि समस्या भएको कटुवालले बताए । लेकालीका प्रशिक्षक युवराज शाहीले टोलीको समन्वय मिल्दै गएकाले खेलमा सुधार हुँदै गएको बताए ।

शनिबार लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी र सुदूरपश्चिमको स्टार सिटी युवा क्लब, कैलालीबीच पहिलो खेल हुनेछ । दोस्रो खेल प्रदेश नम्बर–२ को मनकामना युवा क्लब, रौतहट र वाग्मती प्रदेशको धादिङ समाज (धादिङ) बीच हुनेछ ।

प्रकाशित : चैत्र ६, २०७७ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?