कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

प्रेसिडेन्ट लिग : सुदूरपश्चिमको विजयी सुरुआत

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्जमा सोमबारदेखि सुरु भएको एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगितामा सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले विजयी सुरुआत गरेको छ ।

प्रेसिडेन्ट लिग : सुदूरपश्चिमको विजयी सुरुआत

नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गर्दै विजयी सुरुआत गरेको हो । स्टार सिटी युवा क्लबको तर्फबाट खेलको तीन मिनेटमा रुपबहादुर लामाले पहिलो गोल गरे । ४६ स्टार सिटीबाटै ४६ मिनेटमा दिपकराज सिहंले अर्काे गोल गरेका थिए भने तेस्रो गोल ८१ मिनेटमा लामाले गरेका थिए ।

खेलमा ‘म्यान अफ द म्याच’ घोषित भएका लामालाई बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले नगद ५ हजारसहित सम्मान गरे ।प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले गरेका थिए ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर–६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।

एन्फा प्रेसिडेन्ट लिग अखिल नेपाल फुटबल संघले आयोजना गरेको देशमै पहिलो प्रतियोगिता हो । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : चैत्र २, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?