कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातदोबाटोको पहिलो हार

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक लिग 'बी' डिभिजनमा सातदोबाटोले सोमबार पहिलो हार बेहोरेको छ । हारसँगै उसको अपराजित यात्रा पनि टुंगेको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा उसलाई मध्यपुर युथ एसोसिसनले २–१ ले हराएको हो ।

सातदोबाटो यसअघि नै लिग च्याम्पियनका रूपमा 'ए' डिभिजनमा उक्लने भने तय भइसकेको छ । मध्यपुरका जितमा कैलाश लामिछाने र सन्नी लामाले एक एक गोल गरे । सातदोबाटोका तर्फबाट माल्डिन आङथुपले एक गोल फर्काए ।

हारले सातदोबाटो २५ अंकमा सीमित रह्यो । सोमबारको अर्को खेलमा पुल्चोकले प्रतियोगितामा आफ्नो पहिलो जितका लागि आरसीटीलाई २–१ ले हराएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?