कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डोले ६ सयौं लिग खेल खेल्दा युभेन्टस विजयी

एजेन्सी

मिलान — क्रिस्टियानो रोनाल्डोले मंगलबार आफ्नो ६ सयौं लिग खेल खेल्दा युभेन्टसले स्पेजियालाई सजिलै ३–० ले हराएको छ । यो जितका लागि रोनाल्डोले एक गोल गरे जुन सिजनमा उनको २० औं सिरी ए गोल हो । 

रोनाल्डोले ६ सयौं लिग खेल खेल्दा युभेन्टस विजयी

खेलका तीनै गोल दोस्रो हाफमा भएका थिए । तेस्रो गोल रोनाल्डोले गरे । त्यसअगाडि अल्भारो मोराटा र फेडरिको चिसाले गोल गरेका थिए ।

यो जितपछि युभेन्टस दोस्रो स्थानमा रहेको एसी मिलानको दूरी तीन अंकमा छोट्याउन सफल रह्यो । रोनाल्डो भने युरोपका ठूला पाँच लिगका पछिल्ला १२ सिजनमा प्रत्येकपल्ट कम्तीमा २० गोल गर्ने पहिलो खेलाडी भएका छन् ।

प्रकाशित : फाल्गुन १९, २०७७ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?