कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एभर्टनको शीर्ष चारको सम्भावना जीवितै

एजेन्सी

लन्डन — एभर्टनले इङ्लिस प्रिमियर लिगमा सोमबार शीर्ष चारमा आफ्नो सम्भावनालाई जीवितै राखेको छ । यसका लागि उसले साउथह्याम्पटनलाई घरेलु मैदानमा १–० ले हरायो ।

एभर्टनको शीर्ष चारको सम्भावना जीवितै

टोलीका तर्फबाट रिचार्लिसनले खेलका एक मात्र गोल गरे । यो जितपछि एभर्टन २५ खेलबाट ४३ अंकसहित छैटौं स्थानमा छ । लिभरपुल समान अंकसाथ पाँचौं स्थानमा छ तर उसले एक खेल बढी खेलेको छ ।

एभर्टनले बिहीबार वेस्ट ब्रुमको सामना गर्दै छ । त्यसमा जित निकाल्न सफल रहे टोली लिभरपुललाई उछिनेर चौथो स्थानमा प्रवेश गर्न सक्नेछ ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?