कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातदोबाटोको अपराजित यात्रा कायमै

सहिद स्मारक बी डिभिजन लिग
कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक बी डिभिजन लिगको शीर्ष स्थानमा रहेको सातदोबाटोले सोमबार आफ्नो अपराजित यात्रा कायम राखेको छ र यसक्रममा श्री भगवती क्लबलाई १–० ले पराजित गरेको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा दोर्जे तामाङले पेनाल्टीबाट २५ औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि सातदोबाटोको आठ खेलबाट २२ अंक भएको छ ।

श्री भगवती भने आठ खेलबाट ६ अंकसहित नवौं स्थानमा छ । यसअघि सोमबारको पहिलो खेलमा आरसीटीले टुसाल युथ क्लबलाई १–० ले पराजित गरेको थियो । त्यसमा अजित गुरुङ निर्णायक गोल गरे ।

आरसीटीको यो जितपछि आठ खेलबाट १२ अंक भएको छ । टुसालको भने आठ खेलबाट आठ अंक छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?